नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भुवन भट्टले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।
उनले सुदूरपश्चिम प्रदेश युवातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्।
उनी डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि पनि छन्।
नेविसंघ हुँदै पार्टी राजनीतिमा सक्रिय भट्टले आफ्नो विगतको संघर्षशील राजनीतिक यात्रा र भविष्यको स्पष्ट दृष्टिकोणसहित कांग्रेसको केन्द्रीय समितिमा उम्मेदवारी दिएको बताए।
उम्मेदवारी दर्तापछि भट्टले पार्टीको संगठन निर्माण र युवाको प्रतिनिधित्वलाई प्राथमिकतामा राख्दै आगामी राजनीतिक यात्रा अघि बढाउने बताएका छन्। उनले आफ्नो उम्मेदवारीमा सबैको साथ र सहयोगका लागि आग्रहसमेत गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनबाट ३५ वर्षमुनिका युवामध्येबाट २१ जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ। यही व्यवस्थाअन्तर्गत भट्टले सुदूरपश्चिम प्रदेशबाट युवातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्।
भट्टले भने, ‘विगतको संघर्षशील यात्रा र भविष्यको स्पष्ट दृष्टिकोणसहित अबको यात्रा कांग्रेस केन्द्रीय समितिका लागि।’