नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ।
बिहीबार बस्ने गरी स्थायी कमिटीको बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्।
बैठक बिहीबार दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।
यो बैठक स्थायी कमिटी गठन भए पछिको पहिलो बैठक हो।
असोज पहिलो साता बसेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरू कार्यान्वयन सम्बन्धमा बैठकमा छलफल हुनेछ।