नेपाली कांग्रेसका युवा नेता गौरव भण्डारीले पार्टीको १५औं महाधिवेशनमा ३५ वर्ष मुनिको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।
ताप्लेजुङका भण्डारीले कोशी प्रदेशका ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका हुन्।
उनी विद्यार्थी जीवनदेखि नै विद्यार्थी आन्दोलन, सामाजिक गतिविधि र समाजसेवामा सक्रिय रहँदै आएका छन्।
भण्डारीले विदेशमा रहेका नेपाली तथा गैरआवासीय नेपालीको ज्ञान, सीप, पूँजी र अनुभवलाई नेपालको विकाससँग जोड्नुपर्ने बताएका छन्।
डिजिटल प्रविधि र नवप्रवर्तनमार्फत युवाका लागि नयाँ अवसर सिर्जना गर्नुपर्ने उनको धारणा छ।