लोकदोहोरी गायक तथा सर्जक एवं राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।
रामेछापबाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित कटुवालले पार्टी संगठनलाई थप सुदृढ र समयअनुकूल बनाउँदै युवाको सहभागिता बढाउने तथा जिल्लाका आवाज र जनताका मुद्दा केन्द्रसम्म पुर्याउने उद्देश्यले उम्मेदवारी दिएको बताए।
कलाकारितासँगै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय कटुवालले आफू व्यक्तिगत लाभका लागि नभई संगठन निर्माण र जनसेवाका लागि राजनीतिमा आएको बताएका छन्।
उनले आफूलाई महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित गराउने रामेछापका मतदाताप्रति आभार व्यक्त गर्दै आगामी निर्वाचनमा सम्पूर्ण महाधिवेशन प्रतिनिधिको मत र समर्थनका लागि आग्रह गरेका छन्।