नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत बिहीबार मतदान हुँदैछ।
यो महाधिवेशनले २९७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गर्नेछ।
१९ मध्ये केही पदाधिकारी निर्विरोध भइसकेका छन्।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध भएका हुन्।
उम्मेदवारी फिर्ता लिने क्रम पनि जारी छ।
सभापतिमा उम्मेदवारी दिएका किशोरसिंह राठौरले गगन थापालाई सघाउने गरी उम्मेदवारी फिर्ता लिएका छन्।
भोलि हुने मतदानका लागि उम्मेदवार र प्रतिनिधिहरू मत माग्न व्यस्त छन्।
राष्ट्रिय सभागृहमा उम्मेदवार र तिनका प्रतिनिधिहरूले पोस्टर र ब्यानरसहित मत मागिरहेका छन्।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले चुनाव प्रचार गर्दा डिजिटल प्रविधि उपयोग गर्न जोड दिएको थियो। सकेसम्म पोस्टर र ब्यानर प्रयोग नगर्न भनेको थियो।
तस्बिरहरूः
-ink-1791364794.jpeg)
-ink-1791364794.jpeg)
-ink-1791364794.jpeg)
-ink-1791364793.jpeg)
-ink-1791364793.jpeg)
-ink-1791364793.jpeg)
-ink-1791364793.jpeg)
-ink-1791364793.jpeg)
-ink-1791364793.jpeg)
-ink-1791364792.jpeg)
-ink-1791364792.jpeg)
-ink-1791364792.jpeg)
-ink-1791364794.jpeg)
-ink-1791364794.jpeg)
-ink-1791364794.jpeg)