नेपाली कांग्रेसको जारी १५ औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिएका देवराज चालिसेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
मंगलबार उम्मेदवारी दिएका चालिसेले बुधबार फिर्ता लिएका हुन्।
चालिसेले उपसभापतिबाट उम्मेदवारी फिर्ता लिएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताए।
चालिसेले उपसभापति खुलातर्फ उम्मेदवारी दिएका थिए।
उनी विशेष महाधिवेशनपछि प्रवक्ताको जिम्मेवारीमा छन्।