बाजुराबाट प्रतिनिधिसभा सदस्य निर्वाचित जनकराज गिरी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पिछडिएको क्षेत्रतर्फबाट सहमहामन्त्री पदका उम्मेदवार छन्।
गिरी २०५६ सालमै ३२ वर्षको उमेरमा सांसद बनेका थिए।
उनले तत्कालीन सरकारमा भूमिसुधार सहायक राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए।
गिरी कांग्रेसका विशेष महाधिवेशनका अगुवामध्ये एक हुन्।
उनले पार्टीको केन्द्रीय नेतृत्वमा पिछडिएको क्षेत्रको प्रतिनिधित्व बलियो बनाउन सहमहामन्त्रीमा उम्मेदवारी दिएको बताएका छन्।
महाधिवेशन प्रतिनिधिको विश्वास र सहयोग नै आफ्नो जितको आधार बन्ने उनको भनाइ छ।