सिन्धुपाल्चोकका डा. प्रेमध्वज लामाले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।
जारी १५औं महाधिवेशनमा डा. लामाले आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्।
२०४३ देखि नेविसंघबाट कांग्रेसको राजनीति सुरू गरेका लामा नेविसंघ सिन्धुपाल्चोक जिल्ला सभापति हुँदै २०५१ मा केन्द्रीय सदस्य भएका थिए।
०५९ सालयता उनी महाधिवेशन प्रतिनिधि रहँदै आएका छन्।
०७८ सम्म उनी त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभाग प्राध्यापक पनि थिए।
कांग्रेसको २९७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि आज मतदान हुँदैछ।