सुर्खेतका ऋषि शर्माले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।
कांग्रेसको आदर्श र सिद्धान्तलाई सधैँ उचो राख्ने प्रतिबद्धतासहित उम्मेदवारी दिएको शर्माले बताएका छन्।
शर्मा २०४६ सालदेखि नै नेपाल विद्यार्थी संघमा आबद्ध भएर राजनीतिमा सक्रिय हुँदै आएका हुन्। उनले नेपाली कांग्रेसको जनसम्पर्क समितिको केन्द्रीय सदस्य भएर पनि काम गरिसकेका छन्।
राजनीतिसँगै शर्मा व्यवसायमा समेत सक्रिय छन्।