नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज दिउँसो १ बजेदेखि मतदान सुर" हुने भएको छ।
यसअघि बिहान १० बजेदेखि मतदान सुरू गर्ने कार्यतालिका रहे पनि समय सारिएको हो।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले मतदान बिहीबार दिउँसो १ बजेदेखि सुरू हुने जानकारी दिएका छन्।
महाधिवेशनमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य पदका लागि ८३० जना उम्मेदवार चुनावी मैदानमा छन्।
कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहेको छ।
यस्तो छ मतदान केन्द्र-
क) राष्ट्रिय सभागृह प्रदर्शनीमार्गमा बागमती प्रदेश
ख) खुलामञ्चमा
कोशी प्रदेश (तराई-मधेस हल)
गण्डकी प्रदेश (हिमाली हल)
लुम्बिनी प्रदेश (पहाड हल)
कर्णाली/सुदूरपश्चिम/नेपाली जनसम्पर्क समिति (पहाड हल)