राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अहिलेसम्म चार प्रदेशमा अधिवेशन गरेको छ।
अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको छ।
राप्रपाको कोशी प्रदेश अध्यक्षमा रामकुमार थापा, गण्डकी प्रदेश अध्यक्षमा अर्जुन खनाल, लुम्बिनी प्रदेश अध्यक्षमा मेनुका खाँड केसी र सुदूरपश्चिम प्रदेश अध्यक्षमा पुष्करदत्त भट्ट निर्वाचित भएको प्रवक्ता मोहन श्रेष्ठको भनाइ छ।
राप्रपाले यसअघि ७४ जिल्ला अधिवेशन सम्पन्न भएको जानकारी दिएको थियो।
राप्रपाले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ।