पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले वरिष्ठ नेताको शपथ लिएकी छन्।
पार्टीले उनलाई हालै वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो।
च्यासलमा आज आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई वरिष्ठ नेताको शपथ गराएका हुन्।
भण्डारी ११ वर्षपछि पुन: एमाले राजनीतिमा सक्रिय भएकी छन्। उनी एमाले पूर्वउपाध्यक्ष हुन्। साथै दुई कार्यकाल राष्ट्रपति भएकी थिइन्।