नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा मतदान गर्न दुई ठाउँमा मतदानस्थल तयार गरिएको छ।
खुलामञ्च र राष्ट्रिय सभागृहमा मतदानस्थल छ। राष्ट्रिय सभागृह, मतदान केन्द्र 'क' मा बागमती प्रदेशका महाधिवेशन प्रतिनिधिले मत दिन पाउनेछन्।
बाँकी प्रदेश र जनसम्पर्क तथा भ्रातृ संस्थाका प्रतिनिधिले खुलामञ्चस्थित विभिन्न हलमा मत दिने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ।
मतदानस्थलको आवश्यक तयारी गरिसकिएको छ। मतपत्र छपाइलगायत केही प्राविधिक कामका लागि समय अभाव भएपछि भोलि बिहान ७ बजे सुरू गर्ने गरी मतदानको समय सारिएको छ।
सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री तथा केन्द्रीय सदस्यका लागि निर्वाचन हुन लागेको छ।
वरिष्ठ उपसभापति, महिला उपसभापति भने निर्विरोध चयन भइसकेका छन्।
कांग्रेस केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हो।
महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन्। मतदान भोलि बिहानदेखि सुरू गर्ने तयारी छ।
तस्बिरहरू-
-1791457312.jpg)
-1791457311.jpg)
-1791457311.jpg)
-1791457311.jpg)
-1791457311.jpg)
-1791457309.jpg)
-1791457310.jpg)
-1791457310.jpg)
-1791457310.jpg)
-1791457310.jpg)
-1791457309.jpg)