नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज निर्वाचन भइरहेको छ।
सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले मतदान गरिसकेका छन्।
प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको मतदान केन्द्र पुगेर उनले मतदान गरेका हुन्। यहाँ बागमती प्रदेशका महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन्। बाँकी प्रदेशका महाधिवेशन प्रतिनिधिहरूले खुलामञ्चको मतदान केन्द्रमा मत दिनेछन्।
खड्गी काठमाडौं ६ का महाधिवेशन प्रतिनिधि हुन्। सभापति पदमा गगन थापा पनि उम्मेदवार छन्।
आज अपराह्न ३ बजेसम्म मतदानको समय छ।