नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा आज बिहानदेखि मतदान भइरहेको छ।
बिहान साढे ८ देखि साढे १० बजेसम्म करिब १३ सय महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिसकेका छन्।
केन्द्रीय निर्वाचन समितिका अनुसार साढे १० बजेसम्म १२९३ खसेको छ। खुलामञ्च र राष्ट्रिय सभागृहमा मतदान जारी छ। आज अपराह्न ३ बजेसम्म मतदान गर्न पाइन्छ।