नेकपाको केन्द्रीय संयोजन समितिको बैठक जारी छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेर अघि बैठक सुरू भएको हो।
बैठकमा समसामयिक राजनीतिक विषय र आगामी कार्यक्रमबारे छलफल हुनेछ।
दुई महिने अभियानबारे पनि बैठकमा छलफल हुनेछ।
नेकपाको केन्द्रीय संयोजन समितिको अघिल्लो बैठकले चाडपर्वपछि देशव्यापी अभियान चलाउने निर्णय गरेको थियो।
सो अभियानबारे आजको बैठकले थप निर्णय गर्नेछ।
बैठकले महाधिवेशन सम्बन्धमा पनि छलफल र निर्णय गर्नेछ।
नेकपाले यसपालि मंसिर गर्ने भनेको केन्द्रीय महाधिवेशन कार्यतालिका अवरूद्ध भएको थियो।
अब नयाँ कार्यतालिका ल्याउने तयारी गरेको छ।
आजको बैठकले सचिवालयको गठन र बैठक सम्बन्धमा पनि निर्णय गर्नेछ। त्यस्तै केन्द्रीय समितिको बैठकबारे पनि छलफल हुनेछ।
सँगै नेताहरूको कार्यविभाजन र अरू विविध विषयमा छलफल गर्ने बैठकको एजेन्डा छ।
तस्बिरहरू:
-ink-1791531315.jpeg)
-ink-1791531315.jpeg)
-ink-1791531315.jpeg)
-ink-1791531315.jpeg)
-ink-1791531314.jpeg)
-ink-1791531314.jpeg)
-ink-1791531314.jpeg)
-ink-1791531314.jpeg)
-ink-1791531314.jpeg)
-ink-1791531314.jpeg)
-ink-1791531314.jpeg)
तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।