नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ११ गते वडा अधिवेशन गर्ने निर्णय गरेको छ।
शुक्रबार पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समिति बैठकले देशभर एकै दिन वडा अधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।
त्यस्तै, माघ १५ गते पालिकाहरूको अधिवेशन गर्ने निर्णय पनि बैठकले गरेको छ।
'सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा सोही दिन माघ १५ गते अधिवेशन हुनेछ,' प्रवक्ता ज्वालाले भने।
बाँकी जिल्ला र प्रदेशको अधिवेशन र राष्ट्रिय महाधिवेशन भने स्थानीय तहको निर्वाचनलगत्तै गर्ने निर्णय भएको पनि उनले बताए।
नेकपाले यसअघि मंसिरमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो।
तर बाढीपहिरो र अरू राजनीतिक घटनाका कारण कार्यतालिका अनुसारका कामहरू अवरूद्ध भएको नेकपाको भनाइ छ।
यसअघि तय गरेको कार्यतालिका अवरूद्ध भएपछि नेकपाले नयाँ कार्यतालिका ल्याएको हो।
जिल्ला, प्रदेश र राष्ट्रिय महाधिवेशनको मिति भने तोकेको छैन।