नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको मतको गणना आजै राष्ट्रिय सभागृहमा हुने भएको छ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार अन्य पदका लागि खसेका मतपत्र आजै पार्टीको केन्द्रीय कार्यालय सानेपा लगिनेछ।
ती मतपत्रको गणना सभापति पदको नतिजा सार्वजनिक भएपछि मात्रै गरिने उनले जानकारी दिए।
सभापति पदमा गगन थापा र श्यामकृष्ण खड्गी उम्मेदवार छन्।