नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सभापति पदका उम्मेदवार गगन थापाले मतदान गरेका छन्।
महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ।
मतदानको समय बेलुका ७ बजेसम्मका लागि तोकिएको छ।
सभापति पदमा गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा भइरहेको छ।
खड्गीले बिहानै मतदान गरेका थिए भने थापाले साँझपख मतदान गरेका हुन्।
सभापतिमा खसेको मत आजै गणना गरिनेछ।