नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको निर्वाचनको मतगणना सुरू भएको छ।
मतदान सम्पन्न भएसँगै राष्ट्रिय सभागृहमा शुक्रबार राति १ बजेबाट मतगणना सुरू भएको हो।
सभापति पदका लागि गगनकुमार थापा र श्यामकृष्ण खड्कीबीच प्रतिस्पर्धा छ। मतगणनाका लागि तीन स्थानमा व्यवस्था मिलाइएको छ। मतगणना स्थलमा सिसी क्यामरा जडान गरिएको छ।
शुक्रबार बिहान सुरू भएको मतदान राति १० बजे मात्रै सकिएको थियो। निर्वाचन समितिले मतदानको समय पटक पटक थप्दा मतदान राति १० बजे सकिएको हो।
निर्वाचन समितिका अनुसार महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिमध्ये ७ हजार ३९ मत खसेको छ।

