नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापालाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ।
१५ औं महाधिवेशनबाट सभापति निर्वाचित भएपछि शनिबार दिउँसो उनी केन्द्रीय कार्यालय पुगेका थिए।
त्यहाँ उपस्थित नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले सभापति थापालाई भव्य स्वागत गरेका हुन्।
उनीहरूले सभापति थापालाई खादा, मालासहित स्वागत गरेका थिए।
सानेपामै सभापति थापाले नेता कार्यकर्ताहरूलाई संक्षिप्त सम्बोधन पनि गरे।
उनले अब पार्टीको काम गर्ने शैली बदलेर जिम्मेवारी र जबाफदेहिता बढाउनुपर्ने बताए।
‘महाधिवेशनमा प्रतिस्पर्धा भयो। कोही जित्छौँ, कोही हार्छौँ। यो कसैले विजय प्राप्त गर्ने र कसैले हार्ने विषय होइन। अब हामी सबै साथी मिलेर नागरिकको विश्वास जित्न जाने हो,’ थापाले भने।
उनले नागरिकको विश्वास जित्नेगरी कांग्रेसलाई बदल्ने उद्घोष पनि गरे।
तस्बिरहरूः











सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।