नेकपा (एमाले) को स्थायी कमिटी बैठकले पार्टीको केन्द्रीय कमिटीमा १३ जना नयाँ सदस्य मनोनयन गरेको छ।
च्यासलस्थित केन्द्रीय कार्यालयमा असोज २२ गतेदेखि तीन दिनसम्म चलेको प्रथम स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा सदस्यहरू मनोनयन गरेको हो।
सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया, विष्ट (कञ्जनपुर), सीता पंगेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), , डा. पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथ प्रसाद साह (सिराहा), तेजमान कन्दङवा (तेह्रथुम), टंक आङ्वोहाङ (ताप्लेजुङ), नविन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डवल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।
बैठकले आगामी मंसिर २६ गते वडा अधिवेशन, पुस ४ गते पालिका अधिवेशन र मंसिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने कार्यतालिका तय गरेको छ।
यसका साथै मधेश प्रदेश सभामा रिक्त समानुपातिकतर्फ नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा पठाउने र अध्यक्ष पद रिक्त रहेका १३ जिल्लामा संगठन कमिटी गठन गरी अनुमोदनका लागि पठाउने निर्णय समेत बैठकले गरेको छ।