नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा खसको मत गणना भइरहेको छ।
उपसभापति र महामन्त्री पदमा खसेको मत गणना गरिएको हो।
महाधिवेशनमा ७०४३ मत खसेकोमा अहिलेसम्म उपसभापतिमा २२३१ मत गणना गरिसकिएको छ।
चन्द्र भण्डारी र मधु आचार्यले अग्रता लिएका छन्। गोविन्द भट्टराई ६०९, डा. चन्द्रकान्त भण्डारी १०५७, प्रा. डा. चन्द्रमोहन यादव १९३, दीपक गिरी ३०१, धनराज गुरुङ ४०६, ई. मधु आचार्य ७१२ र सुरेन्द्रराज पाण्डेले ६८० मत ल्याएका छन्।
उपसभापति समावेशीतर्फ विनोद चौधरीले अग्रता लिएका छन्। जीवन परियार ५७८, फरमुल्लाह मन्सुर २८५, विनोदकुमार चौधरी ६१५, रञ्जित कर्ण १८३, सीता गुरुङ ३३४ मत ल्याएका छन्।
महामन्त्रीमा प्रदीप पौडेल अघि छन्। अमरसिंह पुन ६९५, उदय शम्शेर राणा ७८६, गुरुराज घिमिरे ३२८, नैनसिंह महर २७०, प्रदीप पौडेल १३८१, शंकर तिवारी ४६, डा. सन्तोष उपाध्याय २८, डा. सुनिल कुमार शर्मा ५२६ मत ल्याएका छन्।
महामन्त्री महिलातर्फ डा. डिला संग्रौला (पन्त) ९६५, महालक्ष्मी उपाध्याय (डिना) ९५२, रिता खनाल २५१ मत ल्याएका छन्। मतगणना जारी छ।