नेपाली कांग्रेसको महाधिवेशनमा समावेशीतर्फ उपसभापति पदको मतगणनामा विनोद चौधरीले आफ्नो सुरूआती अग्रता कायम राखेका छन्।
महाधिवेशनमा कुल ७ हजार ४३ मत खसेको थियो।
चौधरी ७५१ मतसहित अघि छन् भने उनलाई जीवन परियारले पछ्याइरहेका छन्। परियारले ७२० मत ल्याएका छन्।
त्यस्तै, सीता गुरूङले ४३०, फरमुल्लाह मन्सुरले ३७१ र रञ्जित कर्णले २२८ मत प्राप्त गरेका छन्।
मतगणना जारी छ।