नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत महिलातर्फको महामन्त्री पदको मतगणनामा डा. डिला संग्रौला (पन्त) ले अग्रता लिइरहेकी छन्।
कुल ७ हजार ४३ मत खसेकामा अहिलेसम्म २ हजार २३१ मत गणना हुँदा संग्रौलाले ९६५ मत प्राप्त गरेकी छन्।
उनलाई महालक्ष्मी उपाध्याय (डिना) ले ९५२ मतसहित पछ्याइरहेकी छन्। संग्रौला र उपाध्यायबीच जम्मा १३ मतको अन्तर छ।
त्यस्तै, महामन्त्रीकी अर्की उम्मेदवार रिता खनालले २५१ मत प्राप्त गरेकी छन्।
कांग्रेसमा तीन जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। तीमध्ये दुई जना खुलातर्फ र एक जना महिलातर्फ निर्वाचित हुनेछन्।
कुल खसेको मतमध्ये अहिलेसम्म करिब ३१.७ प्रतिशत गणना भएको छ। अझै ४ हजार ८१२ मत गणना हुन बाँकी छ।