नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत समावेशीतर्फको उपसभापति पदमा विनोदकुमार चौधरीले अग्रता कायम राखेका छन्।
कुल खसेको ७ हजार ४३ मतमध्ये ३ हजार ४३५ मत गणना हुँदा चौधरीले ८९६ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका जीवन परियारले ८२९ मत पाएका छन्। उनीहरूबीच ६७ मतको अन्तर छ।
यसअघि २ हजार २३१ मत गणना हुँदा चौधरीले ६१५ र परियारले ५७८ मत पाएका थिए। त्यतिबेला उनीहरूबीच ३७ मतको अन्तर थियो। पछिल्लो गणनामा चौधरीले परियारसँगको मतान्तर ३० मतले बढाएका हुन्।
तेस्रो स्थानमा रहेका फरमुल्लाह मन्सुरले ४६९ मत प्राप्त गरेका छन्। त्यस्तै, रञ्जित कर्णले २७० र सीता गुरूङले २५१ मत पाएकी छन्।
समावेशीतर्फ एक जना उपसभापति निर्वाचित हुनेछन्। हालसम्मको मतगणनामा चौधरी र परियारबीच मुख्य प्रतिस्पर्धा देखिएको छ।