नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत महिला महामन्त्री पदमा डा. डिला संग्रौला (पन्त) ले अग्रता कायम राखेकी छन्।
कुल खसेको ७ हजार ४३ मतमध्ये ३ हजार ४३५ मत गणना हुँदा संग्रौलाले १ हजार ५१७ मत प्राप्त गरेकी छन्। दोस्रो स्थानमा रहेकी महालक्ष्मी उपाध्याय (डिना) ले १ हजार ३९८ मत पाएकी छन्। उनीहरूबीच ११९ मतको अन्तर छ।
यसअघि २ हजार २३१ मत गणना हुँदा डिलाले ९६५ र डिनाले ९५२ मत पाएका थिए। त्यति बेला उनीहरूबीच १३ मतको मात्रै अन्तर थियो।
पछिल्लो गणनामा डिलाले डिनासँगको मतान्तर १०६ मतले बढाएकी हुन्।
पछिल्लो चरणमा गणना भएका मतमध्ये डिलाले ५५२ मत थप्दा डिनाले ४४६ मत थपेकी छन्।
तेस्रो स्थानमा रहेकी रीता खनालले ३६५ मत प्राप्त गरेकी छन्।
महिलातर्फ एक जना महामन्त्री निर्वाचित हुनेछिन्। हालसम्मको मतगणनामा संग्रौला र उपाध्यायबीच मुख्य प्रतिस्पर्धा देखिएको छ।