नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत समावेशीतर्फको उपसभापति पदमा विनोद चौधरीले अग्रता कायम राखेका छन्।
कुल खसेको ७ हजार ४३ मतमध्ये ४ हजार १०० मत गणना हुँदा चौधरीले १ हजार २६ मत प्राप्त गरेका छन्।
उनलाई पछ्याइरहेका जीवन परियारले ९७९ मत पाएका छन्। चौधरी र परियारबीच ४७ मतको अन्तर छ।
त्यस्तै, सीता गुरूङले ६७६, फरमुल्लाह मन्सुरले ५६५ र रञ्जित कर्णले ३११ मत प्राप्त गरेका छन्।
समावेशीतर्फ एक जना उपसभापति निर्वाचित हुने व्यवस्था छ। अब २ हजार ९४३ मत गणना हुन बाँकी छ।