नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत महिला महामन्त्री पदमा डा. डिला संग्रौला (पन्त) ले अग्रता कायम राखेकी छन्।
कुल खसेको ७ हजार ४३ मतमध्ये ४ हजार ६०० मत गणना हुँदा डिलाले २ हजार ३७ मत प्राप्त गरेकी छन्। दोस्रो स्थानमा रहेकी महालक्ष्मी उपाध्याय (डिना) ले १ हजार ८३८ मत पाएकी छन्। उनीहरूबीच १९९ मतको अन्तर छ।
तेस्रो स्थानमा रहेकी रीता खनालले ४६६ मत प्राप्त गरेकी छन्।
महिलातर्फ एक जना महामन्त्री निर्वाचित हुनेछिन्। हालसम्मको मतगणनामा संग्रौला र उपाध्यायबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ।