नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुलातर्फको महामन्त्री पदमा प्रदीप पौडेलले फराकिलो अग्रता लिएका छन्।
कुल खसेको ७ हजार ४३ मतमध्ये ४ हजार ६०० मत गणना हुँदा पौडेलले २ हजार ६५७ मत प्राप्त गरेका छन्।
दोस्रो स्थानमा रहेका उदयशमशेर राणाले १ हजार ४९१ मत पाएका छन्। पौडेल र राणाबीच १ हजार १६६ मतको अन्तर छ।
तेस्रो स्थानमा रहेका डा. सुनिलकुमार शर्माले १ हजार ३८७ मत प्राप्त गरेका छन्। दोस्रो स्थानका राणा र शर्माबीच १०४ मतको अन्तर छ।
त्यस्तै, अमरसिंह पुन मगरले ९२९, गुरूराज घिमिरेले ९२०, नैनसिंह महरले ६६८, शंकर तिवारीले ८८ र डा. सन्तोष उपाध्यायले ७२ मत प्राप्त गरेका छन्।
खुलातर्फ दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। हालसम्मको मतगणनामा पौडेल पहिलो र राणा दोस्रो स्थानमा छन्।
अब २ हजार ४४३ मत गणना हुन बाँकी छ।