नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुलातर्फको उपसभापति पदमा चन्द्र भण्डारीले फराकिलो अग्रता कायम राखेका छन्।
कुल खसेको ७ हजार ४३ मतमध्ये ४ हजार ६०० मत गणना हुँदा भण्डारीले २ हजार ३४३ मत प्राप्त गरेका छन्।
दोस्रो स्थानमा रहेका मधु आचार्यले १ हजार ४४१ मत पाएका छन्। भण्डारी र आचार्यबीच ९०२ मतको अन्तर छ।
तेस्रो स्थानमा रहेका गोविन्द भट्टराईले १ हजार २१९ मत प्राप्त गरेका छन्। दोस्रो स्थानका आचार्य र भट्टराईबीच २२२ मतको अन्तर छ।
त्यस्तै, सुरेन्द्रराज पाण्डेले १ हजार १५०, धनराज गुरुङले १ हजार ५३, दीपक गिरीले ६३८ र प्रा.डा. चन्द्रमोहन यादवले ३८७ मत प्राप्त गरेका छन्।
खुलातर्फ दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ। हालसम्मको मतगणनामा भण्डारी पहिलो र आचार्य दोस्रो स्थानमा छन्।
अब २ हजार ४४३ मत गणना हुन बाँकी छ।