नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मतगणना जारी छ।
५८४ मत गणना हुँदा सहमहामन्त्री खुलातर्फ २८९ मतसहित रामहरि खतिवडा अगाडि छन्।
त्यस्तै डिल्लीराम सुवेदीले १८७ मतसहित उनलाई पछ्याएका छन्।
अजयबाबु शिवाकोटीले १७४ मत पाएका छन्।
देवेन्द्रराज कँडेलले १०९, विकास कोइरालाले १०५, राजीव ढुंगानाले ८०, रमेशप्रसाद धमलाले ७७, अमृतकुमार अर्यालले ३२ र विमलराज क्षेत्रीले २१ मत प्राप्त गरेका छन्।
सहमहामन्त्री खुलातर्फ दुई पदका लागि निर्वाचन भएको हो।