नेपाली कांग्रेसको सहमहामन्त्री पदको मतगणना जारी छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बिहानसम्म १६८९ मत गनिसक्दा रामहरि खतिवडाले अग्रता कायम गरेका छन्।
खतिवडाले ७६८ मत ल्याएका छन्।
उनलाई पछ्याइरहेका अजय सिवाकोटीले ५४८ मत ल्याएका छन्।
त्यस्तै डिल्लीराम सुवेदीले ४३९, देवेन्द्रराज कँडेलले ३३४, विकास कोइरालाले २८४, राजिव ढुंगानाले २५३, रमेश धमलाले २०५, अमृत कुमार अर्यालले १७६ र विमलराज क्षेत्रीले ६२ मत ल्याएका छन्।
कांग्रेसमा १४ महामन्त्रीमध्ये खुलातर्फ दुई जना निर्वाचित हुनेछन्।