नेपाली कांग्रेसको महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला निर्वाचित भएका छन्।
खुलातर्फबाट पौडेल र राणा निर्वाचित भएका हुन्।
संग्रौला महिलातर्फबाट महामन्त्री निर्वाचित भएका हुन्।
पौडेलले ४ हजार १९४ मत ल्याउँदा राणाले २ हजार ३३० मत पाए।
उनका निकटतम प्रतिस्पर्धी सुनिलकुमार शर्माले २ हजार २५७ मत प्राप्त गरेका छन्। राणा र शर्माबीच जम्मा ७३ मतको अन्तर छ।
खुला महामन्त्रीका अन्य उम्मेदवारमध्ये गुरूराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन्।
महिला महामन्त्रीमा संग्रौला ३११८ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्।
उनकी निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय 'डिना' ले २ हजार ८६४ मत प्राप्त गरेकी छन्।
संग्रौला २५४ मतान्तरले विजयी भएकी हुन्। अर्की प्रतिस्पर्धी रीता खनालले ८०४ मत पाएकी छन्।