नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सहमहामन्त्री पदमा खसेको मतगणना भइरहेको छ।
केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी छ।
अहिलेसम्म सहमहामन्त्री खुलातर्फ १९८९ मत गणना भएको छ।
जसमा रामहरि खतिवडा सबैभन्दा अघि छन्। खतिवडाले ९१७ मत ल्याएका छन्।
त्यसपछि अजयबाबु शिवाकोटी छन्। शिवाकोटीले ६५३ मत ल्याएका छन्।
अमृतकुमार अर्यालले २०४, देवेन्द्रराज कँडेलले ३९५, डिल्लीराम सुवेदीले ५००, विकास कोइरालाले ३३०, विमलराज क्षेत्रीले ७२, रमेशप्रसाद धमलाले २४४, राजीव ढुंगानाले २९३ मत ल्याएका छन्। मतगणना जारी छ।