राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले मोरङ क्षेत्र नम्बर ३ विशेष रहेको उल्लेख गर्दै महामन्त्री उठे तेस्रो भइने टिप्पणी गरेका छन्।
मोरङ ३ बाट गत फागुनको प्रतिनिधि सभा सदस्यमा निर्वाचित कार्की गत असारमा चितवनमा भएको रास्वपा प्रथम महाधिवेशनमा महामन्त्री पदमा उठेर तेस्रो भएका थिए।
उनीसँग प्रतिनिधि सभा चुनाव हारेका मोरङ ३ कै सुनिल शर्मा अहिले कांग्रेसको १५ औं महाधिवेशनमा महामन्त्री उठेर तेस्रो भए।
यी दुई घटना उल्लेख गर्दै कार्कीले मोरङ ३ विशेष रहेको बताएका हुन्।
‘मोरङ ३ मा विशेष केही छ। महामन्त्रीमा उठौँ उठौँ लाग्छ र उठे पछि तेस्रो भइन्छ। मलाई हेर्नुस्, सुनिल शर्माजीलाई हेर्नुस्,’ कार्कीको भनाइ छ।
रास्वपामा विपिनकुमार आचार्य महामन्त्री निर्वाचित भएका थिए भने कांग्रेसमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला पन्त महामन्त्रीमा निर्वाचित भएका छन्।