नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत महिला सहमहामन्त्रीतर्फको मतगणना पनि जारी छ।
अहिलेसम्म १९९० मत गणना भएको छ।
महिला सहमहामन्त्री पदमा दुई जना उम्मेदवार थिए।
जसमा प्रतिमा गौतम धेरै अघि छिन्। प्रतिमाले अहिलेसम्म १४६२ मत ल्याएकी छन्।
साथै अर्की उम्मेदवार नानु बास्तोलाले ४२० मत मत ल्याएकी छन्। मतगणना जारी छ।
प्रतिमा र नानु दुवै विशेष महाधिवेशनमा केन्द्रीय सदस्य थिए।