नेकपा संयुक्तका नेतासमेत रहेका पूर्वसांसद विजय पौडेलको निधन भएको छ।
उनको आज निधन भएको हो।
कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा. किरण नकर्मीले अस्पताल ल्याउँदैमा पौडेलको निधन भइसकेको सेतोपाटीलाई बताए।
विजय वामपन्थी नेता मोदनाथ प्रश्रितका छोरा हुन्।
उनी पछिल्लो समय नेकपा संयुक्तमा सक्रिय थिए। त्यसअघि नेकपा एकीकृत समाजवादी र त्यसपहिले नेकपा एमालेमा सक्रिय थिए।