नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सहमहामन्त्रीको खुला तर्फ ५ हजार मतगणना गर्दा रामहरि खतिवडा र अजयबाबु सिवाकोटीले अग्रता कायमै गरेका छन्।
मंगलबार बिहानसम्म ५ हजार ८९ मत गणना भएको छ।
दुई सिटका लागि भइरहेको प्रतिस्पर्धामा खतिवडाले २ हजार १७८ मत प्राप्त गरेका छन्। सिवाकोटी दोस्रो स्थानमा रहेर १ हजार ५५६ मत प्राप्त गरेका छन्।
तेस्रो स्थानमा डिल्लीराम सुवेदीले १ हजार २९४ मत प्राप्त गरे।
देवेन्द्रराज कँडेलले १ हजार १२, राजिब ढुंगानाले ९०१, विकास कोइरालाले ८१५, अमृतकुमार अर्यालले ६६६, रमेशप्रसाद धमलाले ५८० र विमलराज क्षेत्रीले १९६ मत प्राप्त गरेका हुन्।