कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य महिलातर्फको मतगणना भइरहेको छ।
मंगलबार बिहानसम्म आएको मतपरिणाम अनुसार पहिलोस्थानमा सांसद समेत रहेकी बासना थापा छिन्।
उनले ३ हजार ४८४ मत प्राप्त गर्दै पहिलो स्थानमा छिन्।
केन्द्रीय सदस्य महिला खुलातर्फ १५ पदका लागि प्रतिस्पर्धा हुँदैछ।
दोस्रोमा उर्मिला थपलियाले २ हजार ६४७, तेस्रोमा निमा गिरीले २ हजार ६२०, चौथोमा कुसुमदेवी थापाले २ हजार १२९, पाँचौंमा धना कुमारी खतिवडाले २ हजार १२५ मत प्राप्त गरेका छन्।
त्यस्तै, अनिता देवकोटा १,९३० मत, विनिता खड्काले १,८९२ मत, लक्ष्मी पाण्डेले १,७७२, सृजना अधिकारीले १,७६२, मुना भुसालले १,६३२, चिनी पोखरेल (चिनु)ले १,५६४ मत, रिता थापा मगरले १,५१०, कान्तिका सेजुवालले १,४८१, उमा दाहालले १,४५८ र निर्मला तामाङ बस्नेत (नीरु)ले १,४२४ मत प्राप्त गरेका छन्।