नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (युवातर्फ सुदूरपश्चिम) को मतगणना भइरहेको छ।
केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी छ। अहिलेसम्म ३९०० मत गणना भएको छ।
केन्द्रीय सदस्य (युवातर्फ सुदूरपश्चिम) एक पदका लागि भएको निर्वाचनमा ५ जना उम्मेदवार थिए।
जसमा भुवनराज भट्ट अरूभन्दा धेरै अघि छन्। भट्टले २०६४ मत ल्याएका छन्। साथै धिरज शाही ३६०, भरत वडायर जोशी ४२६, योगेन्द्र रावल ५१८ र सन्तोष खड्का ४१० मत ल्याएका छन्।