नेपाली कांग्रेसको सहमहामन्त्री (पिछडिएको क्षेत्रतर्फ) जीवनबहादुर शाही निर्वाचित भएका छन्।
कर्णाली प्रदेश संसदीय दल नेतासमेत रहेका शाही १५ औं महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएका हुन्।
सहमहामन्त्री (पिछडिएको क्षेत्रतर्फ) शाही, जनकराज गिरी, नारायणप्रसाद भट्टराई, राजन कुँवर र रामबहादुर विष्ट उम्मेदवार थिए।
शाही २०७८ को १४ औं महाधिवेशनमा सहमहामन्त्री (पिछडिएको क्षेत्रतर्फ) उम्मेदवार रहे पनि बद्रीप्रसाद पाण्डेसँग पराजित भएका थिए।