कोशी प्रदेशको विराटनगरमा मुख्यमन्त्री सम्मेलन सुरू भएको छ।
सम्मेलनमा सुदूरपश्चिमबाहेक ६ प्रदेशका मुख्यमन्त्रीहरू सहभागी छन्।
संघीयता कार्यान्वयनमा देखिएका संवैधानिक र प्रशासनिक जटिलतालगायत विषयमा मुख्यमन्त्री सम्मेलनमा छलफल हुनेछ।
साथै प्रदेशका अधिकार सुनिश्चित गर्नेबारे साझा धारणा बनाउने सम्मेलनको लक्ष्य छ।