नेपाली कांग्रेसको १५ औं महधिवेशनमा सहमहामन्त्री खुलातर्फ खसेको मत गणना भइरहेको छ।
अहिलेसम्म ६१८८ मत गणना भइसकेको छ।
जसमा रामहरि खतिवडा निरन्तर रूपमा अघि छन्। उनले अहिलेसम्म २५८३ मत ल्याएका छन्।
साथै खुलातर्फ अजयबाबु शिवाकोटीले उनलाई पछ्याइरहेका छन्। शिवाकोटीले १९२२ मत ल्याएका छन्।
खुलातर्फ २ पदका लागि भएको निर्वाचनमा ९ जना उम्मेदवार थिए।
अरू उम्मेदवार डिल्लीराम सुवेदीले १६१९, देवेन्द्र राज कडेलले ११९५, राजिव ढुंगानाले १०७७, विकास कोइरालाले १००८, अमृत कुमार अर्याल ९१३, रमेशप्रसाद धमला ७०३, विमलराज क्षेत्री २५५ मत ल्याएका छन्।