नेपाली कांग्रेसको सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी भएका छन्।
२ पदका लागि भएको निर्वाचनमा ९ जना उम्मेदवार थिए।
मतगणनामा खतिवडा र शिवाकोटीले सुरूदेखि नै अग्रता लिएका थिए।
खतिवडाले २९१० र शिवाकोटीले २१७३ मत ल्याएर निर्वाचित भएका हुन्।
ओखलढुंगाका खतिवडा पछिल्लो समय संस्थापनसँग जोडिएका थिए। उनी गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी थिएनन्।
उनी २०७८ को १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य थिए।
यस्तै प्रेस युनियनको महासचिव छाडेर पार्टी राजनीतिमा सक्रिय भएका दोलखाका अजयबाबु शिवाकोटी १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए। त्यसपछि विशेष महाधिवेशनमा पनि उनी केन्द्रीय सदस्य रहेका थिए।
सहमहामन्त्री पदका अन्य उम्मेदवार डिल्लीराम सुवेदीले १८५२, देवेन्द्रराज कडेलले १३८१, राजिव ढुंगानाले १२३२, विकास कोइरालाले ११४४, अमृतकुमार अर्यालले ९२१, रमेशप्रसाद धमलाले ७८०, विमलराज क्षेत्रीले २८३ मत ल्याएका छन्।