नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट सहमहामन्त्री (महिलातर्फ) प्रतिमा गौतम निर्वाचित भएकी छन्।
उनी ५११६ मतसहित सहमहामन्त्री निर्वाचित भएकी हुन्।
सहमहामन्त्री महिला एक पदका लागि २ जना उम्मेदवार थिए।
अर्की उम्मेदवार नानुमैया बास्तोला पराजित भइन्। उनले १५५४ मत ल्याएकी छन्।
उनीहरू दुवै गत पुसमा भएको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य चयन भएका थिए।