नेपाली कांग्रेसको सहमहामन्त्री र केन्द्रीय सदस्यहरुको मतगणना जारी छ।
बुधबार बिहान आदिवासी जनजाती क्लस्टर तर्फ सहमहामन्त्रीको मतगणना अन्तिम चरणमा पुगेको छ।
बिहानसम्म ६ हजार ९९५ मत गणना सकिएको छ।
यसअनुसार बहादुर सिंह लामा सहमहामन्त्री निर्वाचित हुने निश्चित भएको छ। उनले ३ हजार २४५ मत ल्याएका छन्।
दोस्रो स्थानका ओमबहादुर घर्तीमगरले १४४६ मत ल्याएका छन्। तारामान गुरूङले ८६३, दिलमान पाख्रिनले ६२२, प्रशान्तमान सिंह मास्केले २४६ मत ल्याएका छन्।
मतदानमा ७ हजार २ सय बढी मत खसेको थियो।