नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट सहमहामन्त्री (आदिवासी जनजातितर्फ) बहादुर सिंह लामा तामाङ विजयी भएका छन्।
महाधिवेशनमा खसेको मतको आज बिहान परिणाम आएको हो।
एक पदका लागि भएको निर्वाचनमा ५ जना उम्मेदवार थिए।
बहादुरसहित ओम बहादुर घर्ती मगर, तारामान गुरूङ, दिलमान पाख्रीन, प्रशान्त मान सिंह मास्के उम्मेदवार थिए।
मतगणनाको सुरूदेखि नै बहादुर अघि थिए।
बहादुर गत पुसमा भएको विशेष महाधिवेशनबाट सहमहामन्त्री चयन भएका थिए।
उनी बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पनि हुन्। साथै उनी नुवाकोटबाट बागमती प्रदेश सभा सांसद पनि छन्।