नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा खसेको मत गणना भइरहेको छ।
सहमहामन्त्री खसआर्यतर्फको गणनाअनुसार रोल्पाका मनोजमणि आचार्य निरन्तर अघि छन्।
अहिलेसम्म १७०७ मत गणना गरिएकोमा आचार्य ६२३ मतसहित अघि छन्। एक पदका लागि भएको निर्वाचनमा ४ जना उम्मेदवार छन्।
जगदीश्वर नरसिंह केसीले ५४५, दिनेश कोइरालाले ३३१, शुभराम बस्नेतले ११४ मत ल्याएका छन्।