नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा खसेको मत गणना भइरहेको छ।
सहमहामन्त्री दलितर्फ पनि गणना जारी छ।
अहिलेसम्म २३ सय मत गणना भएको छ।
सहमहामन्त्री दलिततर्फ एक पदका लागि भएको निर्वाचनमा ३ जना उम्मेदवार थिए।
जसमा प्रकाश रसाइली स्नेही सुरूदेखि नै अघि छन्। उनले अहिलेसम्म १५८७ मत ल्याएका छन्।
अर्का उम्मेवार मानबहादुर नेपालीले ३८७ र नरेन्द्र पासवानले २६० मत ल्याएका छन्।